आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेतालाई भोट माग्न हतारो, कृषकलाई धान काट्न चटारो

आइतबार, २७ कात्तिक २०७९, ०८ : २७
आइतबार, २७ कात्तिक २०७९

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको तयारी देशभर तीव्र गतिमा प्रचारप्रसार भइरहेको छ । लमजुङ जिल्लाका सबै पालिकामा चुनावी सरगर्मी बढेको छ । 

विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु मत माग्न गाउँ भित्रिई सकेका छन् । चुनावी अभियान तीव्ररुपले अघि बढे पनि कृषकलाई भने धान काट्ने चटारो परेको छ । जिल्लाको अवस्थालाई हेर्दा हाल लमजुङमा ११ हजार १ सय २५ हेक्टर जमिनमा धान खेती गरिएको छ । जुन ९५ प्रतिशतको हाराहारीमा धान रोपाई भएको थियो ।

जिल्लामा धान खेतीका लागि भनेर चिनिने ठूला फाँटहरु र्भोलेटार, रामचोकबेसी, राईनास, अलैँचे,​दुईपिप्लेका साथै पालिकाभित्र रहेका नदी किनारका खोँचहरुमा पनि धान खेतीका लागि योग्य जमिन प्रसस्त भएकाले ति भू–भागमा पनि धान खेती गरिएको अवस्था छ ।

हालसम्म जिल्लाभर ७० देखि ७५ प्रतिशत धान कटाई भइसकेको अवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप