सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एलन मस्कले ट्विटर ब्लू टिकबारे दिए नयाँ जानकारी

आइतबार, २७ कात्तिक २०७९, १० : २०
आइतबार, २७ कात्तिक २०७९

ट्विटरका नयाँ मालिक एलन मस्कले अर्को हप्तादेखि ब्लू टिक सेवा पुनः सुरु हुने सम्भावना व्यक्त गरे ।​ ट्विटरमा पल जमिल नामका एक प्रयोगकर्ताको  प्रश्नको जवाफ दिँदै मस्कले सायद अर्को हप्ताको अन्त्यसम्म यो सेवा पुनः सुरु हुनसक्ने बताए ।

मस्कले ट्विटरमा निकै छिटो भिन्न भिन्न खालका इमोजी पनि देख्न पाइने ईशारा गरेका छन् ।​ ट्विटर ब्लू टिक सब्सक्रिप्सन सेवामा प्रयोगकर्तासँग ७.९९ डलर प्रति महिना भुक्तानी मागिँदै छ ।

किन लगाइएको थियो रोक ?

ट्विटरले ब्लू टिकका लागि आठ डलरको सब्सक्रिप्सनलाई शुक्रबार रोकिदिएको छ । एलन मस्कले ट्विटर किनेपछि कम्पनीले ठूलो परिवर्तनको निर्णय फिर्ता लिएको यो पहिलो पटक हो ।

एलन मस्कले ब्लू टिकका लागि भुक्तानीको नयाँ नियम सुरु गरेका थिए तर हालका लागि यसमा रोक लगाइएको छ ।

ब्लू टिक सब्सक्रिप्सन लागू भएपछि थुप्रै ठूला ब्रान्डको नक्कली अकाउन्ट बनेका थिए र तिनिहरुले पनि ब्लू टिक पाएको थियो । जसका कारण नक्कली अकाउन्ट पनि कम्पनीको सक्कली अकाउन्ट जस्तो देखिन थालेको थियो ।

यस्तै एक मामिलामा एली लिली नामको कम्पनीको एउटा नक्कली अकाउन्ट बनेको थियो जसमार्फत् ट्विट गरिएको थियो – इन्सुलिन फ्रि ।

यसबारे ट्विटरले हालसम्म कुनै ठूलो बयान दिएको छैन । तर कम्पनी एली लिलीले ट्विट गर्यो, ‘हामी उहाँहरुसँग माफी माग्छौँ जसले नक्कली लिली अकाउन्टबाट गलत सन्देश पाएका छन् ।’

यस घटनाले ट्विटरबाट गलत सूचना फैलाउने घटना बढ्न सक्ने चिन्ता बढाएको छ । यो घटनापछि शुक्रबार कम्पनीको शेयर मूल्य ४ प्रतिशतले घटेको छ ।

एलन मस्कले गत महिना ४४ बिलियन डलरमा ट्विटर किनेका थिए । त्यसयता उनले ट्विटरमा धेरै परिवर्तन गरिसकेका छन् ।

ट्विटरबाट करिब ३७०० व्यक्तिलाई निकालिएको थियो, जुन कम्पनीको आधा कर्मचारीको बराबर थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप