कुहिरोको घुम्टोभित्र लुकेको तराई, तस्बिरहरू
आइतबार, २७ कात्तिक २०७९, ११ : ५६
बिहानीको झिसमिसेमै कुहिरोको बाक्लो च्यादरले तराईका विभिन्न भूभागमा ढाक्ने गरेको छ । कुहिरोको घुम्टोभित्र लुकेर भए पनि मानिसहरू आफ्नो दैनिकी चलाइरहेका छन् ।
चितवन र नवलपरासीको सिमाना बनेर बगेको नारायणी नदी किनारमा बिहानैदेखि मानिसहरूको चहलपहल सुरु हुन्छ । नित्य पूजा र स्नानका लागि मानिसहरू पुग्ने गरेका छन् । उदाउँदो सूर्यलाई अर्घ्य दिने देखि श्राद्ध र तर्पण दिन र व्यायाम गर्नको लागि मानिसहरू नारायणी किनारमा पुग्ने गरेका छन् ।