आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘निर्वाचनमा सुरक्षामा चुनौती आए अधिकतम बल प्रयोग हुन्छ’

आइतबार, २७ कात्तिक २०७९, १२ : ३७
आइतबार, २७ कात्तिक २०७९

आसन्न मंसिर ४ गते हुने संघ तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुनैपनि शङ्कास्पद तथा निर्वाचन विरोधी गतिविधि भए अधिकतम बल प्रयोग गर्ने स्थानीय प्रशासनले जनाएको छ । आसन्न​ निर्वाचन  विप्लव समूहले निर्वाचन बहिष्कार गरेर भण्डाफोर गर्ने कार्यक्रम घोषणा गरेका कारण निर्वाचन अझ धेरै चुनौती थपिएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जनाएका छन् ।

‘निर्वाचनमा कुनै धाँधली भयो, कसैले हुलदङ्गा गर्यो भने अव प्रहरी मुकदर्शक भएर बस्दैन, अहिलेको प्रहरी एक्सनमा आउँछ त्यसमा नेपाल प्रहरी, नेपाली सेना र अनुसन्धानको भूमिका पनि सँगसँगै छ’ प्रजीअ कटुवालले भने ‘प्रहरीले एक्सन गर्दा त्यसबाट हुने हानीको जिम्मेवारी पनि जसले गल्ती गर्छ त्यसैले बेहोर्नुपर्छ’ । बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले पनि निर्वाचनमा अधिकतम बल प्रयोग हुनसक्ने टिप्पणी गरेका छन् । 

‘निर्वाचनको शिलशिलामा सुरक्षामा कुनै पनि किसिमको चुनौती आए कम्प्रमाईज हुँदैन, हामी अधिकतम बल प्रयोग गर्न बाध्य हुनेछौ’ प्रहरी उपरीक्षक बोगटीले भने । आसन्न निर्वाचनमा जिल्लाको ३०५ वटा मतदान स्थल र ५५५ मतदान केन्द्र मध्ये १८० भन्दा बढी मतदान केन्द्रलाई संवेदनशील  रहेको बताएका छन् । 

सुरक्षाका दृष्टिले बजार क्षेत्रमा भएका मतदान स्थलहरू भन्दा बाहेक ग्रामीण भेगका, राजमार्गबाट अलि टाढा भएका मतदान स्थलहरूलाई संवेदनशील मतदान स्थलको रुपमा राखिएको बोगटीले जनाएका छन् । ‘संवेदनशील मतदान केन्द्रहरूमा अन्य ठाउँको तुलनामा सुरक्षा फोर्स बढाइएको छ, कुनै पनि स्थानमा कुनै पनि घटना भयो भने १० मिनेटभित्र प्रहरी पुग्ने गरी सुरक्षा सम्यन्त्र मिलाइएको छ’ उनले भने । बारामा आस्रन निर्वाचनमा ३ हजार १४४ जना म्यादी प्रहरी, २ हजार नेपाल प्रहरी, सोही संख्यामा नेपाली सेना र प्रशस्त प्रहरीसँगै तालिम प्राप्त कुकुरहरू पनि खटाइने छ । 

‘हामी कहाँ सबैभन्दा ठुलो सुरक्षा चुनौती भनेको खुला सीमाको फाइदा उठाएर हुनसक्ने अपराधहरू हो यसलाई नियन्त्रण गर्न चेक पोईन्टहरुलाई व्यापक बनाएका छौ, भारतीय नं प्लेटका गाडीहरू अवैध रुपमा प्रयोग भइरहेका छन् भने तिनीहरूलाई नियन्त्रणमा लिएर भन्सार बुझाउने काम भइरहेको छ’ उनले भने  । भारतीय गाडीहरूको भाडा सस्तो हुने भएकोले उम्मेदवारहरुले निर्वाचनमा बढी भारतीय गाडी प्रयोग गर्ने गर्दछन् । प्रहरी उपरीक्षक बोगटीले निर्वाचन शान्तिपूर्ण  र भयरहित ढंगले सम्पन्न गर्न  निर्वाचन हुनुभन्दा ७२ घन्टा अघि नै नेपाल भारत सीमा क्षेत्रमा आवतजावत बन्द गर्ने निर्णय भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप