सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

‘निरमाया ठूली’ मा सपुत, शिल्पा र करिश्माको प्रेमकथा

आइतबार, २७ कात्तिक २०७९, १३ : ०६
आइतबार, २७ कात्तिक २०७९

प्रकाश सपुत, शिल्पा पोखरेल र करिश्मा ढकालको अभिनय रहेको म्युजिक भिडियो ‘निरमाया ठूली’ सार्वजनिक भएको छ । यसअघि हिटगीत ‘डाँडाघरे साइली’ ल्याएको टिमले नै यो गीत सार्वजनिक गरेको हो । भिडियोमा सपुत, शिल्पा र करिश्माको नृत्यको अलवा त्रिकोणत्मक प्रेमकथा देखाउन खोजिएको छ । स्वरुपराज आचार्य र लक्ष्मी मल्लको स्वर रहेको गीतमा कृष्ण केसीको शब्द, श्रीकृष्ण बम मल्लको संगीत छ ।

भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । नवराज उप्रेतीको छायाङ्कन, प्रविण भट्टको सम्पादन रहेको गीत तथा भिडियोले ‘डाँडाघरे साइली’ जस्तै दर्शकको मनछुने गायक गायिकाले अपेक्षा गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप