आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सहकारीलक्षित मिरा इआरपी सफ्टवेयर कार्यान्वयनमा

आइतबार, २७ कात्तिक २०७९, १३ : २०
आइतबार, २७ कात्तिक २०७९

सहकारी लक्षित मिरा इआरपी सफ्टवेयर सञ्चालनमा आएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) र रारा डिजिटल ल्याब्स प्रालिको संयुक्त लगानीमा मिरा इआरपी नियोसि टेक्नोलोजीले हालैमा यस सफ्टवेयर बजारमा ल्याएको हो । 

शनिबार राजधानीमा एक कार्यक्रमका बीच मिरा इआरपी सफ्टवेयर सार्वजनिक भएको छ । प्रारम्भिक चरणमा २६ वटा साकोसहरुको तथ्याङ्क मिरा इआरपीमा माइग्रेट गरी सञ्चालनको सुरुवात गरिएको कम्पनीले जनाएको छ । थप आगामी दिनमा क्रमशः अरू सहकारीहरूमा समेत सेवा विस्तार गर्दै लगिने कम्पनीको भनाइ छ । 

मिरा इआरपी पूर्ण रुपमा सेवाको रुपमा सफ्टवेयर मोडलमा निर्माण गरिएको कम्पनीको दाबी छ । सफ्टवेयरमा हाल सदस्य तथा शेयर व्यवस्थापन, बैंकिङ प्रणाली व्यवस्थापन, लेखा व्यवस्थापन, मौज्दात व्यवस्थापन र मोबाइल बैंकिङ तथा इ–बैंकिङ व्यवस्थापन मोडुलहरु रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. भोजराज घिमिरेले जानकारी दिए ।

सफ्टवेयरको आगामी मोडुलहरुमा गुणस्तर आश्वासन, पर्यवेक्षण र अनुगमन, व्यापार बुद्धिमत्ता र रिपोर्टिङ, मानव संसाधन प्रशिक्षण र क्षमता व्यवस्थापन, व्यापार प्रक्रिया व्यवस्थापन, अनुपालन व्यवस्थापन, कागजात व्यवस्थापन, स्थिर सम्पत्ति व्यवस्थापन रहेको घिमिरेले जानकारी दिए ।

मिरा इआरपी सफ्टवेयरको मुख्य विशेषताहरुमा सेवाको रुपमा सफ्टवेयर प्रयोग गर्न सकिने, सफ्टवेयर राख्न र प्रयोग गर्न छिटो हुने, सुरक्षा, गोपनीयता र तथ्याङ्क भण्डारमा सहज, साझा प्रविधि, सहकारीहरू एक अर्कासँग जोडिने, वैज्ञानिक मूल्य निर्धारण, कोपोमिसमा सहज तथ्यांक प्रविष्टि, प्रयोगकर्ताहरूलाई चलाउन सजिलो, टिटिआर र एएमएल रिपोर्ट, अंग्रेजी र नेपालीमा उपलब्ध, २४ सै घण्टा प्राविधिक सहयोग उपलब्ध हुने रहेको कम्पनीले जनाएको छ ।
यो सफ्टवेयर प्रयोग गर्न अब सहकारीहरूले अन्य कुनै पनि हार्डवेयर, सुरक्षा, क्लाउड भण्डारण, ब्याकअप, फायरवाल, भिपिएन आवश्यक नपर्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार सफ्टवेयरको न्यूनतम् शुल्क १६ हजार रूपैयाँ तोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप