सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

व्यंग्य कविता : पक्ष–प्रतिपक्ष

आइतबार, २७ कात्तिक २०७९, १४ : ५८
आइतबार, २७ कात्तिक २०७९

हेर्दा दुइटा, भित्र एउटै
कुन सत्ता हो, कुन प्रतिपक्ष ?  
एका सिक्काका दुईटा पाटा ।
खान, मिलाउन अति छन् बाठा, 

एउटा सत्ता अर्को संसद 
एक हुँदा बेईमान, 
अर्को उसकै मेहमान,

एक कुरा मिलाउने, 
अर्को भाग लाउने ।।
एउटा भन्छ एमसीसी, 
अर्को थप्छ खोई सिसी ? 

एक मात्तिन्छ, अर्को पात्तिन्छ 
एउटा खान्छ, अर्को पिउँछ  
एउटा भाँच्ने, अर्को मास्ने । 

दिउँसो झगडा, गोरु जोधाई
साँझ परेछि साझा डिनर  
एउटा कोटमा, अर्को टारमा 
कुरा मिलेसि, एउटै बारमा ।  

एउटा स्कच, अर्को भोड्का, 
गुँड सरेछ, अर्कै टोड्का । 
एक साधु बिरालो, अर्को हान्ने गोरु 
एउटा जादुगर, अर्को चटके । 

मुखमा रामराम खल्तीमा छुरा 
रंगी विरंगी लुटी खाने कुरा, 
के बुझ्छन् खोइ जनता भुरा  
कैला बन्लान् ? जनता सुरा ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप