एलन मस्कले ट्विटर प्रयोगकर्तासँग किन मागे माफी ?
आइतबार एक ट्वीटमा, ट्विटरका नयाँ मालिक एलन मस्कले माइक्रोब्लगिङ वेबसाइट ‘अत्यधिक ढिलो’ भएकोमा प्रयोगकर्ताहरूसँग माफी मागेका छन् । एक ट्वीटमा मस्कले भनेका छन्, ‘धेरै देशमा ट्विटर निकै ढिलो भएकोमा म माफी चाहन्छु ।’
यसपछि उनले ढिलो हुनुको प्राविधिक कारण बताए । यसका साथै उनले ट्विटरमा धेरै फेक प्रोफाईललाई सम्बोधन गर्न नयाँ फिचर ल्याउने पनि बाचा गरेका छन् ।
उनले ट्विटरमा भनेका छन्, ‘ट्विटरले संस्थाहरूबाट जानकारी लिनेछ कि कुन ट्विटर अकाउन्ट उनीहरुसँग सम्बन्धित छन् । ’
Btw, I’d like to apologize for Twitter being super slow in many countries. App is doing >1000 poorly batched RPCs just to render a home timeline!
— Elon Musk (@elonmusk) November 13, 2022
विगतमा, ट्विटरले आफ्नो भेरिफिकेसन कार्यक्रम बन्द गर्नुपरेको थियो किनभने धेरै प्यारोडी र नक्कली खाताहरूले ८ डलर शुल्क तिरेर आफ्नो खाता प्रमाणीकरण गरेका थिए ।
त्यसपछि ट्विटरको यो योजनाको आलोचना हुन थाल्यो र यसलाई तत्काल प्रभावबाट रोक्नुपर्‍यो ।