सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

देशमा रोजगारी सिर्जना गर्न हलोमा भोट हाल्नुपर्छः पोखरेल

सोमबार, २८ कात्तिक २०७९, १३ : ५७
सोमबार, २८ कात्तिक २०७९

 राप्रपा केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नं २ बाट प्रतिनिध सभा सदस्य उम्मेदवार रहेकी कुन्तीदेव पोखरेलले देशमा रोजगारी सिर्जना गर्नका लागि राज्यको सही नीति नभएको बताएकी छिन् । कागेश्वरी मनोहरा नगरपालिकास्थित डाँछीका आममतादाता तथा सुुभचिन्तकसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । 

उनले नेपालको रोजगारी समस्या समाधान गर्न पर्याप्त मात्रामा कलकारखाना खोल्नुपर्ने भन्दै त्यसका लागि आफू र आफ्नो पार्टी राप्रपाको चुनाव चिह्न हलोमा भोट हालेर विजयी गराइनुपर्ने बताइन् । 
उनले आफू उद्यमी भएको र उद्योगहरु सरकारी नीतिका कारणले कसरी डुव्छन् भन्ने विषयमा जानकार रहको बताइन् ।  उनले भनिन्, ‘म नेपालमा उद्यम गर्छु भनेर पनि राम्रोसँग गरिखान खान पाइँदैन भन्ने अवस्थामा आयो भने कसले आफ्नो घर खेत राखेर उद्योग चलाउन सुरु गर्ला ?’ म यस विषयमा जानकार छु कि नेपालमा उद्योग कसरी डुब्छन् र डुवाउने प्रयास गरिन्छ भन्ने विषयमा । यस कारण अब  नेपालमा सम्पूण नीतिहरु परिवर्तन गरी नेपालमै रोजागार सिर्जना गर्ने वातारण निर्माण गर्न आवश्यक छ त्यसकारण सबैले ‘हलो’ मा भोट हालौं ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप