सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पराजुली अनेसास शिखर पुरस्कारबाट सम्मानित

मङ्गलबार, २९ कात्तिक २०७९, १० : ११
मङ्गलबार, २९ कात्तिक २०७९

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) शिखर पुरस्कार संस्थाले साहित्यकार बद्रीप्रसाद पराजुलीलाई सम्मानित गरेको छ । सो संस्थाले कात्तिक २८ आइतबार थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा कार्यक्रम गरी कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान सदस्य–सचिव  साहित्यकार प्राडा  जगतप्रसाद उपाध्यायले ३३,३३३ नगद राशिसहित साहित्यकार बद्रीप्रसाद पराजुलीलाई सम्मानित गरे ।

कार्यक्रम अनेसास शिखर पुरस्कारका अध्यक्ष एवं अनेसास कतारका पूर्वअध्यक्ष कवि प्रेमप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।  यसअघि सो पुरस्कारबाट साहित्यकार विनोद खड्का सम्मानित भएका थिए । 

कार्यक्रममा अनेसास शिखर पुरस्कारका सदस्य एवं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष साहित्यकार राधेश्याम लेकालीले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पारेका थिए । 
यसैगरी अनेसास शिखर पुरस्कारका अर्का सदस्य कवि इन्द्रमणि नेपालले पुरस्कृत कवि बद्रीप्रसाद पराजुलीको परिचय प्रस्तुत गरेका थिए । कार्यक्रममा कतारका कविहरू दीपक पुडासैनी, शेखर बस्नेत, इन्द्रमणि नेपाल, प्रेमप्रसाद भट्टराईलगायतले आआफ्ना कविता वाचन गरेका थिए । 

यसैगरी सो कार्यक्रममा गायकहरू प्रदीप लामा, कृपा भट्टराई र नवराज सापकोटाले गीतहरू गाएका थिए भने गायक नवराजलाई सुनील शाही र समु तामाङले तबला र तानपुरामा साथ दिएका थिए । 
कार्यक्रममा प्राडा  जगतप्रसाद उपाध्याय, गुञ्जनकी निवर्तमान अध्यक्ष साहित्यकार हिरण्यकुमारी पाठक र अध्यक्ष प्रेमप्रसाद भट्टराईले आआफ्नो मन्तव्य राखेका थिए । 

कार्यक्रमको सञ्चालन साहित्यकार श्रीबाबु कार्कीले गरेका थिए । सो कार्यक्रमा साहित्यकारहरू नरेन्द्रबहादुर श्रेष्ठ, श्रीओम श्रेष्ठ, प्रमोद प्रधान, रमेशानन्द वैद्य, ममता मृदुल, मुरारी सिग्देल, विष्णु ओली, होम कार्की, दीपक पाण्डे, भानु प्रकाश जोशी, विक्रमभक्त जोशी, राजेन्द्र ढुङ्गाना, महेश्वर नेपाल, मोहन आचार्य, नीता श्रेष्ठ, अखिल बास्तोला, मनिला वन्त, कला भट्टराई, जस्मिन पाण्डेलगायतको उपस्थिति रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप