आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाल्पाका ७७ कैदीबन्दीले मतदान गर्ने

मङ्गलबार, २९ कात्तिक २०७९, ११ : ०५
मङ्गलबार, २९ कात्तिक २०७९

आसन्न मंसिर ४ गतेको निर्वाचनमा पल्पा जिल्लाका ७७ जना कैदी बन्दीले भोट दिने भएका छन् । जिल्ला कारागारमा रहेका ती कैैदीबन्दीले मतदान गर्न पाउने भएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अन्य कैदीबन्दीको नाम मतदाता नामावलीमा समावेश नभएको कार्यालयका सूचना अधिकारी कल्पना पौडेलले जानकारी दिइन् ।

सर्वोच्च अदालतले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको थियो । निर्वाचनमा खटिने सुरक्षाकर्मी, कर्मचारीले पनि समानुपातिकतर्फ मतदान गर्न सक्ने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए ।

पाल्पामा दुई वटा अस्थायी मतदान केन्द्र रहने छन् । सुरक्षाकर्मी र कर्मचारीका लागि तानसेनस्थित टुँडिखेल मञ्च र कैदीबन्दीका लागि जिल्ला कारागारमा अस्थायी मतदान केन्द्र तोकिएको छ । यही मङ्सिर ४ गते हुने पटकको निर्वाचनमा देशभरका ७४ कारागारमा अस्थायी मतदानस्थल राखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप