सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पर्यटक उम्मेदवारलाई जनताले जिताउनु हुँदैन : कुन्ती पोखरेल

मङ्गलबार, २९ कात्तिक २०७९, १२ : ५४
मङ्गलबार, २९ कात्तिक २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ती पोखरेलले पर्यटक उम्मेदवारलाई काठमाडौंका जनताले जिताउनु नहुने बताएकी छिन् । 

आज काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को चुनावी घरदैलोका क्रममा राप्रपाबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेकी उनले टुरिस्ट उम्मेदवारलाई जिताउँदा विकास नभएको उदाहरण र अनुभव रहेको भन्दै यसपटक आफ्नै माटोमा हुर्किएर भुगोललाई चिनेको उम्मेदवार जिताउन आवश्यक रहेको बताइन् । 

उनले विगतमा पर्यटक उम्मेदवारका कारण काठमाडौं, २ क्षेत्रमा विकासले गति लिन नसकेको बताइन् । उनले काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ को शंखरापुरका क्षेत्रमा पश्चिम रुकुम,रोल्पाको भन्दा विकट स्थिति रहेको बताइन् । उनले निर्वाचन क्षेत्रमा आफूले जिते पहिलो काम नै विकासको हुने प्रतिवद्धता जनाइन् । उनले आफ्नो एजेण्डा राष्ट्र, राष्ट्रियता र युवा शक्ति भएकाले दिनहुँ विदेशिएका नेपाली युवाहरुलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्ने बताइन् । 

नेतृ पोखरेलले काठमाडौं २ मा बजेट नआएको पाए वर्षौंदेखिको बजेटको हिसाव गरेर विकासका काम अघि बढाउने बताइन् । उनले काठमाडौं २ मा विकासको जिम्मेवारी आफू लिन चाहेको भन्दै आसन्न निर्वाचनमा आफूलाई जिताउन मतदाताहरुसँग आग्रह गरिन् ।

न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप