सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यी हुन् तीन प्रदेशका बढी चर्चामा रहेका स्थानीय तह, कसले मार्ला बाजी ?

बिहीबार, १५ असार २०७४, ११ : ५३
बिहीबार, १५ असार २०७४

काठमाडौं– मुलुकका ३५ जिल्लामा भएको दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्र्तगत प्रदेशनम्बर १ का १४ जिल्लामध्ये मोरङ र झापा जिल्लाका स्थानीय तहको नतिजाप्रति धेरैको चासो बढेको छ । यी जिल्लामा कसले पकड जमाउला भन्ने विषयलाई स्थानीय स्तरमा मात्रै नभई देशभर नै चासोका साथ हेरिएको छ । 


मोरङमै विराटनगर महानगरपालिका भएकाले पनि यहाँको नतिजा कसको पक्षामा जाला भन्ने सर्वसाधारणले अड्कलबाजी गरिरहेका छन् । मोरङको विराटनगर कांग्रसे नेता शेखर कोइराला, संघीय समाजवादी फोरमका उपेन्द्र यादव लगायतको गृहजिल्ला समेत भएकाले याहाको नतिजा कता जाला भन्ने चासो स्वभाविक बढेको छ । यहाको विराटनगर महानगरपालिकामा एमाले र लोकतान्त्रिक फोरमबीच र माओवादी केन्द्र र फोरम नेपालवीच तालमेल गरेर चुनाव लडेका छन् । 


१३७ स्थानीय तह रहेको १ नम्बर प्रदेशमा महानगर–१, उपमहानगर २, नगरपालिका ४६ र गाउँपालिका ८८ छन् । ११५७ वडा रहेको एक नम्वर प्रदेशमा १८३१ मतदानस्थ र ३४५९ मतदान केन्द्रबाट २६ लाख ७२ हजार पाँच सय ६३ मतदाता मतदानमा सहभागि बनेका थिए । यो प्रदेशको झापा जिल्लामा एमाले नेता केपी ओली, कांग्रेस नेता कृष्ण सिटौला, इलाममा पुर्व अध्यक्ष तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाल, पुर्व सभामुख सुवास नेम्वाङ, कांग्रेस नेता कुलबहादुर गुरुङ लगायतका शीर्ष नेताहरुको चुनावी क्षेत्र भएकाले पनि यो क्षेत्रका यी स्थान बढि चर्चामा छन् ।  


उता, प्रदेश नम्वर ५ का १२ जिल्लाका १०९ स्थानीय तह अन्तर्गत ४ उपमहानगरपालिका , ३२ नगरपालिका र ७३ गाउँपालिकामध्ये बढि चर्चामा बुटवल उपमहानगरपालिका रहेको छ । यसमा एमाले र कांग्रेसबीच कडा प्रतिश्पर्धा हुने भएकाले यो उपमहानगरपालिकाको नतिजाप्रति धेरैको चासो बढेको छ । बुटबल उपमहानगरपालिकामै एमाले नेता विष्णु पौडेलको चुनावी क्षेत्र समेत भएकाले यसको थप चर्चा र चासो भएको हो । ५ नम्बर प्रदेशमा १६१२ मतदानस्थाल र ३१२५ मतदान केन्द्रबाट २४ लाख ५४ हजार चार सय ८८ मतदाता मतदानमा सहभागि बनेका थिए । 


त्यस्तै, ७ नम्वर प्रदेशमा ९ जिल्लामध्ये कैलाली र डडेलधुराको नतिजा कसको पक्षमा आउला भन्ने चासो धेरैलाई छ । कैलालीको धनगढी उपमहानगरपालिका जसमा थारु बाहुल्य र नेपाली कांग्रेसको विरासत भएको स्थानका रुपमा चिनिन्छ । यो क्षेत्रमा कांग्रेसको विरासत तोडेने एमालेको घोषणा पुरा होला या नहोला भन्ने आम चासो छ । त्यस्तै डडेलधुरा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला भएकाले उक्त जिल्लामा कांग्रेसले कति स्थानीय तह कव्जा गर्ला भन्ने आम चासो रहेको छ । डडेलधुरामा कांग्रेसले टिकट वितरण गर्दा कार्यकर्ताबाट असन्तुष्टि बढेकाले पनि नतिजा अरुको पोल्टामा जाने हो कि भन्ने आशंका गरिएको छ । 


७ नम्बर प्रदेशमा जम्मा ८८ स्थानीय तह छन्, जसमा उपमहानगर १, नगरपालिका ३३ र गाउँपालिका ५४ छन् । ७३४ वडा रहेको ५ नम्बरमा ११०८ मतदान स्थाल र  १७८० मतदान केन्द्रबाट १३ लाख तीन हजार सात सय १४ जनाले मतदाता मतदानमा सहभागि बनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप