सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

लप्सीफेदी र जर्सिङपौवालाई पर्यटनको गन्तव्य बनाउने छु : कुन्तीदेवी पोख्रेल

बुधबार, ३० कात्तिक २०७९, १० : ३५
बुधबार, ३० कात्तिक २०७९

राप्रपाकी केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र २ प्रतिनिधिसभा सदस्य उम्मेदवार कुन्ती पोख्रेलले आफ्नो चुनाव प्रचार अभियानलाई आक्रामक बनाएकी छिन् । उनले चुनाव प्रचारप्रसारका क्रममा आफ्ना कार्ययोजना पनि  प्रस्तुत गरेकी छिन् । 

शंखरापुरका मतदातासमक्ष आफूले चुनाव जितेमा यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको विशेष अस्पताल निर्माणको लागि पहल गर्ने बताएकी छिन् । उनले शंखरापुरमा थुप्रै खाली ठाउँ भएको र अस्पतालको लागि उपयुक्त वातावरण भएकाले सुविधासम्पन्न विशेष अस्पताल बनाउनको लागि संसदमा आवाज उठाउने बताएकी हुन् । उनले भनिन्, ‘शंखरापुरमा धेरै खाली ठाउँ भएको र स्वच्छ, हराभरा वातावरण भन्दै यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तर उपचार हुने अस्पताल बनाउँदा काठमाडौंको अस्तव्यस्त जीवनशैली र ट्राफिक जाम घट्न सक्छ । 

पोख्रेलले मतदासँगको भेटघाट कार्यक्रममा शंखरापुरमा अन्तर्राष्ट्रियस्तरको विशेष अस्पताल बनाउँदा यस क्षेत्रका युवाहरूले रोजगारी पाउनुका साथै सर्वसाधारणको आर्थिक उन्नती हुने औंल्याइन् । 

त्यसैगरी देशका महत्वपूर्ण मन्त्रालय, कार्यालयहरु सबै सिंहदरबार र आसपासमा मात्रै भएकाले केहीलाई काठमाडौं क्षेत्र नं. २ मा स्थानान्तरण गर्नुपर्ने भन्दै आफूले चुनाव जितेमा ४ वटा मन्त्रालय यस क्षेत्रमा ल्याउन पहल गर्ने पनि बताइन् । पोख्रेलले जर्सिङपौवा पर्यटकीय क्षेत्रको लागि अत्यन्तै उपयुक्त भएकाले देशमा पर्यटन प्रवद्र्धनका लागि यस क्षेत्रमा आफूले चुनाव जित्नै पर्नेमा जोड दिइन् । यस क्षेत्रका धेरै युवाहरू रोजगारीको सिलसिलामा विदेशिन वाध्य भएकाले उनीहरूलाई देशमै स्वरोजगार बनाउन पर्यटन व्यवसाय महत्वपूर्ण भएको भन्दै पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप