सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रवि लामिछानले भने– फण्डा गर्नेहरूलाई मंसिर ४ गते ब्यालेट बक्सबाटै जवाफ दिन्छौँ

बुधबार, ३० कात्तिक २०७९, ११ : १८
बुधबार, ३० कात्तिक २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले निर्वाचनको मुखमा भ्रम फैलाउने उद्देश्यले अनेकन फण्डा भइरहेको बताएका छन् । आफ्नो ४ वर्षअघि सल्टिएको नागरिकतासम्बन्धी विषय चुनावी फण्डामात्रै भएको उनको दाबी छ । 

‘निर्वाचनको मुखमा कसैका लागि यो फन्डा भयो होला । हामीमाथि फिजिकल र डिजिटल दुवै आक्रमण निरन्तर चलिनै रहेको छ’, उनले फेसबुक लाइभमार्फत भने, ‘यसबाट विचलित भएको छैन र कोही पनि नहुनुहोला । आयोगको पत्र आएको छैन । आएपछि आयोगलाई उचित जवाफ दिने नै छु । त्यसैका आधारमा यहाँहरूलाई जानकारी हुने नै छ।’ 

उनले ७ दिनको म्याद दिएर पत्र काटेको सुनेको भन्दै पत्र प्राप्त भएपछि सबै जवाफ दिइने बताए । उनले आफूविरुद्ध फण्डा गर्नेहरूलाई मंसिर ४ गते ब्यालेट बक्सबाटै जवाफ दिइने पनि बताए । 

उनले आफूविरुद्ध भ्रम फैलाउनका लागि केही मान्छे चितवनमा अड्डा जमाएर बसेको पनि दाबी गरे । ‘मविरुद्ध फण्डा निकाल्नका लागि एउटा जत्था चितवनमै आएर अड्डा जमाएर बसेको छ।  उसको कामै दैनिक रुपमा फन्डा गरिरहने नै हो’, उनले भने । उनले आफू यस्ता भ्रम र चुनौतीलाई चिरेर आएको मान्छे भएको भन्दै सबै चुनौतीको सामना गर्न तयार रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप