आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मोरङको सुन्दरहरैँचामा सत्ता गठबन्धनको चुनावी सभा, सम्बोधनका लागि पुगे प्रचण्ड

बुधबार, ३० कात्तिक २०७९, १२ : ३२
बुधबार, ३० कात्तिक २०७९

निर्वाचन आयोगले चुनावी प्रचारप्रसारको लागि दिएको समय एक दिन मात्र बाँकी रहेको अवस्थामा राजनीतिक दलहरुले चुनावी सभालाई तीव्रता दिइरहेका छन् । यसै क्रममा सत्ता गठबन्धनले आज देशका विभिन्न स्थानमा चुनावी सभाको आयोजना गरेको छ । मोरङको सुन्दरहरैँचामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड त्यहाँ पुगिसकेका छन् । 

मोरङ ६ को सुन्दरहरैंचा ७ को गछियामा आयोजित चुनावी सभालाई प्रचण्डसँगै काँग्रेस नेता शेखर कोइराला, प्रवक्ता डा प्रकाशशरण महतलगायतले सम्बोधन गर्नेछन् । 

मोरङ ६ मा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट कांग्रेस नेता शेखर कोइराला उम्मेदवार छन् भने प्रदेशबाट माओवादी केन्द्रको तर्फबाट जीवन आचार्य उम्मेदवार रहेका छन् ।

प्रचण्डले आजै ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप