आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माओवादी केन्द्र चितवनलाई आयोगले सोध्यो स्पष्टीकरण

बिहीबार, ०१ मङ्सिर २०७९, ०७ : १६
बिहीबार, ०१ मङ्सिर २०७९

निर्वाचन आयोगले माओवादी केन्द्र चितवनसँग स्पष्टीकरण सोधेको छ । 

२९ कात्तिकमा भएको जन प्रदर्शनमा सहभागीलाई खाना खुवाइएको खर्चको बिलको प्रमाणित प्रति उपलब्ध गराउन पनि आयोगले माओवादी चितवनका अध्यक्ष र होटल रोयल सेन्चुरीलाई निर्देशन दिएको छ। 

माओवादी चितवनका अध्यक्षले सामाजिक सञ्जालमा २९ कात्तिकमा ‘बिहान ८ बजे नारायणगढ लायन्स चोकबाट गठबन्धनको जनप्रदर्शन हुने हुँदा सम्पूर्ण नेता, एवं कार्यकर्तामा सक्रिय उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ, साथै जन प्रदर्शनपछि होटल रोयल सेन्चुरीमा खानाको व्यवस्था गरिएको छ’ उल्लेख गरेका थिए । सो स्टाटसको आधारमा आयोगले स्पष्टीकरण सोधेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप