आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

म माथि सुनियोजित दुर्व्यवहार भयो : थापा

बिहीबार, ०१ मङ्सिर २०७९, ०८ : ४६
बिहीबार, ०१ मङ्सिर २०७९

गण्डकी प्रदेशका कानुन मन्त्री तथा कास्की-२ (ख)का उम्मेदवार  विन्दुकुमार थापाले आफूमाथि सुनियोजित दुर्व्यवहार भएको बताएका छन् ।  बुधबार राति आचारसंहिता विपरीत चुनाव प्रचार गरेको र सुकुम्बासीलाई पैसा बाँडेर फर्केको आरोपमा स्थानीयले थापालाई डेढ घण्टा नियन्त्रणमा लिएका थिए । 

आफूमाथि नियन्त्रण लिएर  विपक्षी दलका नेता कार्यकर्ताले सुनियोजित दुर्व्यवहार गरेको थापाले बताएका छन् ।  राति ८ बजे पोखरा १६ बाटुलेचौर स्थित गन्धर्व वस्तीमा पसेपछि उनलाई स्थानीयले घर फर्केने बेलामा नियन्त्रणमा लिएका थिए । 

'गठबन्धनको उर्लदो जनलहर र आफ्ना उम्मेदवारको हार सुनिश्चित देखेपछि हारको मानसिकताबाट निर्वाचनको माहौल बिगार्न विपक्षी दलका कार्यकर्ताको अराजक भिडबाट म माथि सुनियोजित रुपमा दुर्व्यवहार  र आक्रमण प्रयास भयो,' उनले फेस्बुकमा लामो स्टाटस लेख्दै भनेका छन् । 

चुनाव प्रचार प्रसार र मतदाता भेटघाट सकेर घर फर्कने क्रममा आफूलाई निराधार आरोप लगाइएको उनको भनाइ छ । थापालाई नियन्त्रणमा लिएपछि स्थानीयले थापाको उम्मेदवारी खारेज गर्नुपर्ने मागसहित चर्को नाराबाजी पनि गरेका थिए । 

आज यो विषयमा स्थानीय एमाले कार्यकर्ताले आयोगमा उजुरी दिने तयारी गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप