सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अन्तर्राष्ट्रियस्तरको विशेष अस्पताल निर्माण गर्न पहल गर्छु : पोखरेल

बिहीबार, ०१ मङ्सिर २०७९, १० : १४
बिहीबार, ०१ मङ्सिर २०७९

काठमाडौं क्षेत्र २ प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा राप्रपाकी केन्द्रीय सदस्य  कुन्ती पोख्रेलले आफ्नो चुनाव प्रचार अभियानलाई निरन्तरता दिने क्रममा आज ढाँछीमा महिलाहरुसँग भेटघाट गरेकी छिन् । 

उनले चुनाव प्रचारप्रसारका क्रममा महिलाहरुसँग समक्ष आफ्ना कार्ययोजना पनि प्रस्तुत गरेकी छिन् । ढाँछीका मतदातासँग आफूले चुनाव जितेमा यस क्षेत्रमा विकास निर्माण र जनताका समस्या समाधानका लागि रातदिन लागिपर्ने बताएकी छिन् ।

 उनले यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको विशेष अस्पताल निर्माणको लागि पहल गर्ने बताएकी छिन् । उनले शंखरापुरमा थुप्रै खाली ठाउँ भएको र अस्पतालको लागि उपयुक्त वातावरण भएकाले सुविधासम्पन्न विशेष अस्पताल बनाउनको लागि संसदमा आवाज उठाउने बताएकी हुन् ।

उनले भनिन्, ‘शंखरापुरमा धेरै खाली ठाउँ भएको र स्वच्छ, हराभरा वातावरण भन्दै यस क्षेत्रमा अन्तर्राष्ट्रियस्तर उपचार हुने अस्पताल बनाउँदा काठमाडौंको अस्तव्यस्त जीवनशैली र ट्राफिक जाम घट्न सक्छ । पोख्रेलले मतदासँगको भेटघाट कार्यक्रममा शंखरापुरमा अस्तर्राष्ट्रिस्तरको विशेष अस्पताल बनाउँदा यस क्षेत्रका युवाहरुले रोजगारी पाउनुका साथै सर्वसाधारणको आर्थिक उन्नती हुने औंल्याइन् ।

उनले यस क्षेत्रका महिला दिदीबहिनीहरु पाठेघरलगायत विभिन्न रोगबाट पीडित हुने र समयमा उपचार गर्न नपाएको भन्दै त्यसको लागि यस क्षेत्रमा महिला विशेषज्ञ अस्पतालको आँचो रहेको औंल्याइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप