आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘प्रेम गीत’ अभिनेता प्रदीपले मागे गगनलाई भोट

बिहीबार, ०१ मङ्सिर २०७९, १३ : १०
बिहीबार, ०१ मङ्सिर २०७९

‘प्रेम गीत’ अभिनेता प्रदीप खड्काले गगन थापालाई भोट मागेका छन् । केही दिनअगाडि नवलपरासी पुगेर कांग्रेस उम्मेदवार विनोद चौधरीलाई भोट मागेका खड्काले अहिले कांग्रेसबाट काठमाडौं क्षेत्र न ४ का उम्मेदवार बनेका गगन थापालाई भोट मागेका हुन् ।

गगनको चुनावी घरदैलोमै पुगेर प्रदीपले उनको पक्षमा भोट मागेका छन् । प्रदीपले घरदैलोमा पुगेर आफ्ना लागि भोट मागेको भिडियो गगनले सामाजिक संजालबाट शेयर गरेका छन् । भिडियोमा प्रदीपले गगनलाई भावी प्रधानमन्त्रीको रुपमा समेत चर्चा गरेका छन् । त्यस्तै वरिष्ठ साहित्यकार श्रवण मुकारुङले पनि गगनलाई भोट मागेका छन् । उनले भनेका छन्– ‘गगन थापालाई जिताउनु भनेको नेपाल र नेपालीको सपनालाई जिताउनु हो ।’ 

अभिनेता प्रदीपको पछिल्लो फिल्म ‘प्रेम गीत ३’ केही अगाडि प्रदर्शनमा आएको थियो । नेपाली र हिन्दी दुई भाषामा नेपाल र भारत रिलिज भएको यो फिल्मले व्यवसाय समेत राम्रो गर्न सफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप