‘नखरा कबुल’ मा पुष्प र वर्षाको रोमान्स
बिहीबार, ०१ मङ्सिर २०७९, १९ : ४८
व्यवसायी तथा गायक विकास राणाको कवाली शैलीको गीत ‘नखरा कबुल’ सार्वजनिक भएको छ । राणाकै स्वर रहेको गीतमा शब्द नारायण नेपाल र संगीत शशि बिक्रम थापाको छ । गीतको संगीत संयोजन विनोद भुजेलले गरेका हुन् ।
गीतको भिडियोमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता पुष्प खड्काको अभिनय छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । भिडियोका निर्देशक निकेश खड्का हुन् । गायक राणाका यस अघि ‘प्रेमको परिभाषा’, ‘गालाको तिलैमा’, ‘तीनपाने’, ‘मुसुक्कै हास्यौ’, ‘शैलुङ’ बोलका गीत सार्वजनिक भएका छन् ।