आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आचारसंहिता उल्लंघनको बिगबिगी, अझै हटेनन् प्रचार सामग्री

शुक्रबार, ०२ मङ्सिर २०७९, ०९ : ४५
शुक्रबार, ०२ मङ्सिर २०७९

मौन अवधि जारी रहेको अवस्थामा सामाजिक सञ्जालमार्फत आचारसंहिता उल्लंघन गर्ने क्रम बढेको छ । उम्मेदवारहरू आफैले फेसबुकमा बुस्ट गरेर निर्वाचन सामग्रीको प्रचार गरिरहेका छन् । 

राजनीतिक दल, उम्मेदवार तथा दलका पदाधिकारीले चुनावी प्रचार गर्न बन्द गरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मौन अवधि तोकेको हो ।

निर्वाचन धाँधलीरहित, स्वच्छ, निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठनलगायतले राजनीतिक प्रचार, भेला,गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचारण निर्देशिकामा उल्लेख छ ।

निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि सामग्री फेसबुक, ट्वीटर, युट्युब जस्ता सामाजिक सञ्जालमा नराख्न, शेयर, ट्याग, लाइक, कमेन्ट वा प्रति कमेन्ट नगर्न वा नगराउन सर्वसाधारणलाई आह्वान गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप