सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मृत्युबारे स्ट्याटस लेख्दै बिदा भइन् कलाकार बिना,  नजिकबाट चिन्नेको आयो यस्तो प्रतिक्रिया

बिहीबार, १३ पुस २०७४, १४ : ५२
बिहीबार, १३ पुस २०७४

काठमाडौं– कलाकार बिना थापाको बुधबार राजधानीको बत्तीसपुतलीमा भएको सडक दुर्घटनामा निधन भयो । 

 बत्तीसपुतलीमा स्थित सडमा बा २ ख ८९४ नम्बरको पानी ट्याङकरले उनी सवार बा ५५ प १३८७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएकी थापाको उपचारको क्रममा  ट्रमा सेन्टरमा  निधन भएको हो । 
 

को हुन् बिना  ?
बिना चलचित्र क्षेत्रकी उदाउँदै गरेकी अभिनेत्री हुन् । गुल्मीको मुसिकोट गाउँपालिका–२ की २७ वर्षीया बिनाको पुरा नाम बिनाकुमारी थापा रहेको थियो । उनी चलचित्र क्षेत्रमा बिना थापाको नामले चिनिएकी थिइन् । गायक शिव परियार, लोक दोहोरी गायक गायिका रोहित खत्री र पुर्णकला बिसी लगायत केही गायक गायिकाको दर्जन बढी म्युजिक भिडियो र ‘कथा देश ३’ र ‘दरौदीको पानी’ लगायत केही नाटकमा समेत अभिनय गरेकी उनको चलचित्र यात्रा भर्खर सुरु भएको थियो । 

कलाकार अनुप बरालको एक्टर्स स्टुडियोमा उनले अभिनय प्रशिक्षण लिएकी थिइन् । ‘पिंजडा ब्याक अगेन’ र ‘शिरफूल’ उनले अभिनय गरेका चलचित्र हुन् । यी दुबै चलचित्र प्रदर्शनको तयारीमा रहेका छन् । केही चलचित्र अभिनयका लागि उनको कुरा भइरहेको थियो ।

बिनाले दुबई आयोजना भएका केही कार्यक्रममा समेत आफ्नो प्रतिभा देखाएकी थिइन् । गतसालको तीजको कार्यक्रममा दुबई पुगेकी उनी यस वर्षको तीज ‘बिशेष साँझ २०७४’ नामक सांस्कृतिक कार्यक्रमका लागि समेत दुवई पुगेकी थिइन् । दुबई कार्यक्रममा जाँदा उनलाई त्यहाँका नेपाली संघ संस्थाले सम्मान समेत गरेको थियो ।


नजिकबाट चिन्ने चलचित्र निर्देशक हिमाल केसी   के भन्छन् ?
करिब ६ महिना अगाडि होला । बिना थापासँग मेरो भेट चलचित्र ‘पिंजडा ब्याक अगेन’ निर्देशनको क्रममा भएको थियो । 

चलचित्रका लागि म एक सपोटिङ आर्टिसको खोजीमा थिएँ । कलाकार भास्कर ढुङ्गाना मार्फत उनको र मेरो भेट भएको थियो । भारस्करले चलचित्र अभिनयका लागि मलाई भेटाएका थिए । पहिलो पटक देख्ने बितिकै मैले चलचित्रका लागि खोजेको क्यारेक्टर अनुसार नै उनलाई पाए । उनीसँग केही कुराकानी गर्दै चलचिधत्रको लागि फाइनल गरे । 

मेरो चलचित्रमा उनको भुमिका सपोटिङ कलाकारको थियो । चलचित्र अभिनयको सिलसिलामा चिनेको आधारमा भन्ने हो भने उनको बानी ब्यहोरा मलाई धेरै राम्रो लाग्यो । 

एउटा राम्रो कलाकारमा हुनुपर्ने सम्पूर्ण गुण मैले उनीमा पाएको थिए । सहनशील, कामप्रति जिम्मेवारीपन भएकी, समयको ख्याल गर्ने, सबैजनासँग राम्रो सम्बन्ध बनाउन सक्ने, मिलनसार, सजिलै जोसँग पनि घुलमिल गर्न सक्ने स्वभावकी थिइन् उनी ।

अभिनयको हिसावले भन्ने हो भने पनि राम्रो अभिनय क्षमता भएकी कलाकार थिइन् । जुनै भूमिकामा पनि न्याय गर्न सक्ने । प्रतिभावान अभिनेत्री भन्न रुचाउछु म उनलाई ।

काम गर्ने सिलसिलामा बिभिन्न महिला कलाकारले बिभिन्न नखरा देखाएको मैले देखेको भोगेको छु । तर उनी सिम्पल थिइन् । समयमै सेटमा आउथिन् । काम प्रति लगनशिल थिइन् । जे सिकाए पनि एकै पटकमा राम्रोसँग टिप्न सक्ने क्षमता उनको थियो ।

उनको दुर्घटनाको खबर जब सामाजिक सञ्जालमा फैलियो । मैले त पहिले विस्वास गर्न सकिनँ । केही साथीहरुसँग बुझेपछि पुष्टि भयो । मलाई अझै पनि उनी जीबित छिन् जस्तो लागिरहेको छ । 

मेरो चलचित्र ‘पिंजडा ब्याक अगेन’मा उनले एउटा गाउँकी चंचले केटीको भूमिका निर्बाह गरेकी छिन् । सपोटिङ कलाकारको भूमिका भएपनि राम्रो भूमिका छ, उनको । केही पहिले डबिङको सिलसिलामा पनि उनीसँग भेट भएको थियो । डबिङ पनि उनले राम्रोसँग सकाएकी थिइन् । 
उनको निधनले चलचित्र क्षेत्रले एउटा राम्रो, प्रतिभाशाली अभिनेत्री गुमाएको छ । यदि दुर्घटना नभएको भए चलचित्र क्षेत्रमा राज गर्न सक्थिन् । 


यस्तो थियो बिनाको अन्तिम स्टाटस 
जिन्दगी के रहिछ तर मानवीय घमण्ड आखिर किन ? यस्तै कुराले मलाई पिरोल्छ ।  धेरैजसो पशुपतिनाथको दर्शन अनि त्यहाँको माहोलमा टोलाइरहन मन लाग्छ ।

त्यहाँको गतिविधि हेर्नको लागि म प्राय पशुपति जानेगर्छु । आफूलाइ फ्रेस बनाउन र केही बुझ्न, त्यहाँ बस्दा समय बितेको पत्तो पाउँदैन । मलाई लाग्छ । मृत्यु भयानक छ । तर ईमानदार छ । मानिसको ईमानदार मित्र कोहि छ भने त्यो मृत्यु हो । मृत्युले कहिले धोका दिँदैन ।

जन्मदेखि सँगै बस्ने र जाँदा सँगै लिएर जाने मृत्यु रहेछ । मृत्युको आफ्नै लय हुन्छ । जीवनको लय भन्दा फरक छ । मृत्यु सँधै दुःखदायी हुन्छ तर दुःखको कारण मृत्यु होइन, त्यो प्रेम हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप