आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपाल बैंकको ८६ वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न

शुक्रबार, ०२ मङ्सिर २०७९, १० : ४०
शुक्रबार, ०२ मङ्सिर २०७९

नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८६औं वार्षिकोत्सव समारोह भव्यताका साथ सम्पन्न गरेको छ । वि.सं.१९९४ साल कार्तिक ३० गते स्थापना भएको नेपाल बैंक कार्तिक ३० गते आफ्नो ८५ औं वर्ष पुरा गरी ८६ औं वर्षमा प्रवेश गरेको छ । 

प्रधान कार्यालयको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको पहिलो बैंक ८६ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना प्रकट गर्दै नेपालको बैंकिङ्ग बिकास र उद्यमशिलताको प्रवर्द्धनमा नेपाल बैंकको अतुलनीय भूमिका रहेको र प्रत्येक बर्ष कार्तिक ३० गतेलाई नेपालको बैंकिङ् क्षेत्रको ऐतिहासिक बैंकिङ्ग दिवसको रुपमा लिन सकिने विषयमा जोड दिए । 

 त्यसैगरी अर्थ मन्त्रालयका राजस्व सचिव रामेश्वर दंगालले नेपाल बैंक लिमिटेड नेपालको बैंकिङ क्षेत्रको ऐतिहासिक धरोहर रहेको विषय उल्लेख गर्दै  बर्तमान सूचकहरुले बैंक निकै  सबल र प्रतिस्पर्धि रहेको धारणा उल्लेख गरे ।

 नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले नेपाल बैंक दिनप्रतिदिन सबल हुँदै गएको विषय उल्लेख गर्दै बैंकले भविष्यमा अझै धेरै प्रगति गर्दै जाओस् भन्ने शुभकामना व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले नेपाल बैंकको विगत,वर्तमान र भविश्यको वारेमा चर्चा गर्दै नेपाल बैंकका ३ वटा नयां प्रोडक्टहरु क्रमशः अनलाइन एफ्डी, गोल्ड लोन प्रोसेस डिजिटाईजेशन र डलर प्रिपेड कार्ड संचालनमा ल्याएको घोषणा गरे । 

सो वार्षिकोत्सव समारोहमा बैंकले गत आ.व.मा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखाहरुलाई पुरस्कार तथा प्रशंसा पत्र प्रदान गरेको थियो । त्यसैगरी वार्षिकोत्सवको अवसर पारेर बैंकले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताका विजयीहरुलाई समेत प्रमाण पत्र तथा मेडल प्रदान गरिएको थियो । 

बैंकले के.एल.दुगड ग्रुपका  अध्यक्ष किसलनलाल दुगड र द्वारीकाज होटलका अध्यक्ष अम्बिका श्रेष्ठलाई उत्कृष्ट ग्राहकको रुपमा सम्मान गरेको थियो । त्यसैगरी सो समारोहमा बैंकले नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर तथा नेपाल बैंक लि.का वि.सं २००८ देखि वि.सं. २०११ सम्मका डाइरेक्टर जनरल हिमालय शम्शेर जबरालाई अभिनन्दन समेत गरेको थियो ।

 कार्यक्रममा ८६औं वार्षिकोत्सव मूल समारोह समितिका संयोजक प्रकाश कुमार अधिकारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।  सो समारोहमा बैंकका संचालक समितिका सदस्यहरु, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त लगायत उच्च व्यवस्थापनका सदस्यहरु, बैंकका पूर्ब अध्यक्षहरु, पूर्व प्रमुख कार्यकारी अधिकृतहरु, पूर्व महाप्रबन्धक तथा पूर्व नायव महाप्रबन्धकहरु लगायतका पूर्व कर्मचारीहरु, बैंकमा कार्यरत कर्मचारीहरु, पत्रकारहरु लगायतको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप