आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अनलाइनबाटै केवाईसी अद्यावधिक गर्न सकिने

शुक्रबार, ०२ मङ्सिर २०७९, ११ : १२
शुक्रबार, ०२ मङ्सिर २०७९

एनआईसी एशिया बैंकमा अनलाइन भिडियो केवाईसीबाट ग्राहकको केवाईसी विवरण अद्यावधिक गर्न सकिने भएको छ । घर वा अफिसबाटै आफ्नो खाताको केवाईसी विवरण अद्यावधिक गर्न सकिने यो सुविधाको प्रयोग गर्न बैंकले ग्राहकलाई अनुरोध गरेको छ । 

त्यसका लागि ग्राहकदले  बैंकको वेबसाइटमा रहेको अनलाइन एप्लिकेशन ट्याब गरी ई–केवाईसी छनौट गरी आफ्नो खाता नम्बर तथा केवाईसी अद्यावधिकको कारण उल्लेख गरी ओटीपी प्राप्त गर्ने एसएमएस वा इमेल वा दुबै विकल्प छनौट गरी सम्बिट गर्नुपर्नेछ । त्यसपछि ग्राहकले आफ्नो व्यक्तिगत विवरणहरू भरी अनुकूल समयमा भिडियो कलमार्फत केवाईसी विवरण बैंकलाई उपलब्ध गराउन सक्नेछन् । वा बैंकिङ्ग समयमा भिडियो कलको लागि अपोइनमेन्ट बुक गरी सो समयमा केवाईसी विवरण अद्यावधिक गर्न सकिनेछ । 

बैंकले यसअघि अनलाईन खाता खोल्ने ग्राहकको लागि अनलाईनबाट उक्त विवरण अद्यावधिक गर्न सकिने  भिडियो केवाईसी सेवाको सुरुवात गरिसकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप