आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुर्खेतमा मतदान सुरु,  मतदाता उत्साहित

आइतबार, ०४ मङ्सिर २०७९, ०७ : २८
आइतबार, ०४ मङ्सिर २०७९

सुर्खेतका मतदान केन्द्रहरुमा पनि मतदान सुरु भएको छ।  बिहानैदेखि मतदाताहरु उत्साहका साथ मत खसाल्न लामबद्ध भएका छन् । 

सुर्खेतको वीरेन्द्रनगरसहित जिल्लाभर मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  आइतबार बिहान ७ बजेदेखि सुरु भ्एको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ । 

निर्वाचनमा देशभर एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका छन् । ती मतदाताले १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नेगरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप