यामलाल कँडेलले सुर्खेतबाट गरे मतदान
आइतबार, ०४ मङ्सिर २०७९, ०७ : ५२
नेकपा एमालेका कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले मतदान गरेका छन्। वीरेन्द्रनगर नगरपालिका ४ भैरव मावि विद्यालयमा पुगेर मतदान गरेको हुन्।
एमालेबाट सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ (क) बाट प्रदेश सभा सदस्य पदका उम्मेदवार समेत रहेका कँडेलले आफ्नो पक्षमा जनमत आउनेमा विश्वास व्यक्त गरे ।
उनले विगत भन्दा थप उत्साहपूर्ण रहेको बताए । बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म जारी रहनेछ ।