प्लेयर टू वाच : पीएरो हेनकापी
डिफेन्डर
उमेरः २०
कतार विश्वकप फुटबल आज (आइतबार) बाट सुरु हुँदैछ । विश्वपकको पहिलो खेलमा आयोजक कतार र इक्वेडर प्रतिस्पर्धा गर्दैछन् ।
इक्वेडरका युवा डिफेन्डर पीएरो हेनकापी कतारको पेसलाई रोक्ने योजनामा छन् । इक्वेडरको टिममा राम्रो पहिचान बनाउन सफल युवा खेलाडी हुन् हेनकापी । २० वर्षीय युवा डिफेन्डरले विश्वकप फुटबलमा सन् २०२१ मा राष्ट्रिय टोलीबाट खेल्न थालेको हेनकापी आजको खेललाई यादगार बनाउने योजनामा छन् ।
राष्ट्रिय टोलीबाट हेनकापीले ४० खेल खेल्दै १ गोल गरेका छन् । जर्मन क्लब बायर लिभरकुसेनबाट व्यावसायीक फुटबल खेल्ने उनले पछिल्लो समय टिमका लागि उत्कृष्ट प्रदर्शन गर्दै आइ रहेका छन् । इक्वेडरका लागि यू–२० कोपा लिबर्टाडोरेस जितेका उनी देशका लागि सन् २०२१ को कोपा अमेरिकामा उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले कोपा अमेरिकामा उत्कृष्ट प्रदर्शन गरेको आधारमा नै जर्मन क्लब लिभरक्युजनले अनुबन्ध गरेको थियो ।