सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उदयपुरमा ५३ प्रतिशत मत खस्यो

सोमबार, ०५ मङ्सिर २०७९, ०६ : ४९
सोमबार, ०५ मङ्सिर २०७९

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा उदयपुरमा ५३.०६ प्रतिशत मत खसेको छ । आइतबार भएको मतदानमा उदयपुरमा उदयपुरमा १ लाख २१ हजार ४७९ जनाले मतदान निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोइरालाले जानकारी दिए ।

उदयपुरमा २ लाख २८ हजार ९४६ मतदाता रहेका छन् ।  दुई प्रतिनिधि सभा र चार प्रदेश सभा सदस्यको लागि मतदान भएको थियो । उदयपुरमा १ सय १ मतदान स्थल र २ सय ६४ मतदान केन्द्र रहेका थिए ।  

त्रियुगा नगरपालिका– ८ खाट मन्दिर आधारभूत विद्यालय मतदान स्थल नजिकै अज्ञात समूहले मतदान सुरु भएको केही समय मै  मोबाइल बम विस्फोट गराएका थिए । प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ को मतगणना त्रियुगा नमुना माध्यमिक विद्यालय गाईघाटको भवनमा र प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ को मतगणना कटारीमा रहेको उदयश्री बहुमुखी क्याम्पस कटारीको भवनमा गर्ने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीको जानकारी दिए ।  –न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप