आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

देउवा उम्मेदवार रहेको डडेल्धुरामा २ बजेदेखि मतगणना

सोमबार, ०५ मङ्सिर २०७९, १३ : ४५
सोमबार, ०५ मङ्सिर २०७९

डडेल्धुरामा दिउँसो २ बजेदेखि मत गणना सुरू हुने भएको छ । प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उम्मेदवार रहेको डडेल्धुरामा २ बजेदेखि मतगणना सुरू हुने भएको हो । 


केही बेरअघि सकिएको सर्वदलीय बैठकले २ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो । दुर्गम ठाउँमा मत पेटिका ढिलागरी सदरमुकाम पुगेकाले मत गणनामा ढिलाई भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

२ ठाउँमा मत गन्ने व्यवस्था मिलाइएको छ । डडेल्धुरामा प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री देउवासँगै नेपाली कांग्रेसका वीपीका वरिष्ठ उपाध्यक्ष कर्ण बहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल लगायत ८ जना उम्मेदवार छन् । 

डडेल्धुरामा ५६.६४ प्रतिशत मत खसेको थियो । ९१ हजार २०१ कुल मतदाता रहेकोमा ५१ हजार ६६० मत मात्रै खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप