सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जनमत पार्टीका अध्यक्ष सिके राउतका दाजुभाइ नै अगाडि

सोमबार, ०५ मङ्सिर २०७९, १४ : १३
सोमबार, ०५ मङ्सिर २०७९

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको जारी मतगणनामा जनमत पार्टीका अध्यक्ष सिके राउतका दाजुभाइ नै अगाडि देखिएका छन् । सिके राउतले सप्तरी २ मा अग्रता लिइरहँदा उनका दाजु जयकान्त राउतले २३८ मत ल्याएका छन् । उनलाई नेपाली कांग्रेसका रामदेव शाह तेलीले २१४ मतसहित पछ्याएका छन् ।

यसैगरी, सुदूरपश्चिममा पकड जमाएका भनिएका रेशमलाल चौधरीको पार्टी नागरिक उन्मुक्तिकी टीकालक्ष्मी चौधरी २०१ मतसहित तेस्रो स्थानमा छिन् । विगतमा प्रभावशाली मानिएको जसपा सप्तरीका दुवै क्षेत्रमा दोस्रो र तेस्रो स्थानमा रहेर जनमत पार्टीलाई पछ्याइरहेका छन् । सप्तरी १ मा जसपाका नवलकिशोर शाहले १७८ मत प्राप्त गर्दै चौथो स्थानमा छन् । – न्युज कारखाना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप