तनहुँ १ मा कांग्रेसका रामचन्द्र पौडेलको अग्रता कायमै
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०६ : १६
तनहुँ क्षेत्र नम्बर १ मा मतगणना जारी छ। यो समाचार तयार पार्दासम्म प्रतिनिधिसभातर्फ २ हजार ५ सय मत गनिएकोमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले अग्रता कायमै राखेका छन् ।
पौडेलले १ हजार ५६१ मत प्राप्ता गर्दा नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १ हजार १०८ मतसहित पौडेललाई पछ्याइरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ४१५ मत ल्याउँदा राप्रपाका बिनोद घर्तीले ३२०र स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले १९९ मत पाएका छन् ।