लमजुङमा पृथ्वी सुब्बा गुरुङको अग्रता, देव गुरुङ पछि परे
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०६ : २६
लमजुङमा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले फराकिलो अग्रता बढाउँदै लगेका छन् ।
पृथ्वीले ९ हजार १०९ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार देवले ७ हजार २ सय मत पाएका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म राज केसीले ७११ र मंगोल नेशनल अर्गनाइजेसनका विकास गुरुङले १६५ मत प्राप्त गरेका छन् ।