मकवानपुर २ मा खतिवडाको अग्रता कायमै
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०६ : ३१
मकवानपुर क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीका विरोध खतिवडाले अग्रता कायम राखेका छन् । ८ हजार ७९६ मत गणना हुँदा खतिवडाले ८४ मतले अग्रता बनाएका हुन् ।
खतिवडाले ३ हजार ७७८ मत पाएका छन् भने उनलाई पछ्याइरहेका एमालेका महेश बर्तौलाले ३ हजार ६९४ मत ल्याएका छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ५८६ ल्याएका छन् ।