चितवन-३ मा विक्रम पाण्डेको अग्रता, पछि-पछि तीन उम्मेदवार
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०६ : ५७
चितवन ३ मा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका विक्रम पाण्डेले अग्रता लिएका छन् ।
पाण्डेले २ हजार ३५६ पाउँदा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले २ हजार ३४९ मत पाएका छन् । ल्याएर अग्रता कायम राखेका छन् ।
नेकपा (माओवादी केन्द्र) का डा. भोजराज अधिकारीले २ हजार २१३ मत र राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले २ हजार ७८ मत ल्याएर पाण्डेलाई चुनौती थपेका छन् ।