रोल्पामा वर्षमानको फराकिलो अग्रता
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०७ : १२
रोल्पामा प्रतिनिधि सभातर्फ जारी मतगणनामा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुनले फराकिलो अग्रता बनाएका छन् ।
७ हजार ६३५ मत गन्दा पुनले ४ हजार ५५७ मत पाएका छन् भने एमालेका उम्मेदवारले १ हजार ८४६ मत पाएका छन् । यस्तै राप्रपाका उम्मेदवारले ३९६ मत पाएका छन् ।