कञ्चनपुर-२ मा कांग्रेसको अग्रता, एमाले पछिपछि
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०७ : २१
कञ्चनपुर क्षेत्र नम्मर २ मा मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका नारायण प्रकाश साउदले अग्रता लिएका छन् ।
साउदले २ हजार ८५० मत प्राप्त गर्दा नेकपा एमालेका नरबहादुर शाही २ हजार ८ सय १२ मतका साथ टक्कर दिइरहेका छन् ।
त्यसैगरी स्वतन्त्र पार्टीका झंकर राज जोशी ५१८ र राप्रपाका अशोक बहादुर सिंह २९३ मत प्राप्त गरेका छन् ।