बारा –३ मा साह र यादवबीच तीव्र प्रतिस्पर्धा
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०७ : ४८
बारा निर्वाचन क्षेत्र नं ३ मा एमाले उम्मेदवार ज्वालाकुमारी साह र जनता समाजवादी पार्टी (जसपा) उम्मेदवार रामबाबु यादवबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
बारा–३ मा हालसम्म भएको मतगणनामा एमाले उम्मेदवार साहले ३ हजार ३६५ मत ल्याउँदा जसपा उम्मेदवार यादवले ३ हजार २ सय ७८ मत प्राप्त गरेका छन् । दुवै उम्मेदवार मध्ये ८७ मतले साह अगाडि छिन् ।
यता सत्ता गठबन्धनका उम्मेदवार लालबाबु सिंहले भने १ हजार ९१५ मत प्राप्त गरेका छन् । मधेस प्रदेशका ८ जिल्लामा एमाले–जसपाबीच गठबन्धन हुँदा बारा ३ मा भने दुवै पार्टीबीच मित्रवत् प्रतिस्पर्धा भएको छ । बारा ३ मा हालसम्म कलैया उपमहानगरको वडा नं १,२,४,१५,१६ र २१ नं वडामा मतगणना सकिएको छ ।