धादिङ-१ : वाम लोकतान्त्रिक गठबन्धनका पाण्डे १८३ मतले अगाडि
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०८ : ३२
धादिङ क्षेत्र नं. १ को मतगणनामा राजेन्द्रप्रसाद पाण्डेले अग्रता लिएका छन् । गल्छी गाँउपालिकाको मतगणना गर्दा पाण्डेले १८३ ले अग्रता गरेका हुन् ।
गल्छीको ८ वटै वडाको मतगणना गर्दा वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका पाण्डेले ५ हजार ३७१ मत पाएका छन् । त्यस्तै एमालेका भूमि प्रसाद त्रिपाठीले ५ हजार १८८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १ हजार ५६५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय गल्छीले जनाएको छ ।
कुल २० हजार ५१४ मतदाता रहेको गल्छी गाँउपालिकामा १२ हजार २८२ मत खसेको थियो । जसमध्ये १२ हजार १२४ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय गल्छीले जनाएको छ ।