भक्तपुर-२ मा कांग्रेसका दुर्लभ थापाले बढाए अग्रता
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०८ : ३९
भक्तपुर क्षेत्र नं २ को मतगणनामा नेपाली कांग्रेसले १ हजार २९१ मतले अग्रता लिएको छ ।
जारी मतगणनामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले १२ हजार ५३ मत प्राप्त गरेका छन् । ३० हजार ३९३ मत गनिसक्दा उनले सो मत प्राप्त गरेका हुन् ।
नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले १० हजार ७६२ मत प्राप्त गरेका छन् ।