ललितपुर–१ को मत गणना : १७७ मतले राणा अगाडि
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०९ : ०१
ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा २२ हजार ६४० मत गणना भएको छ ।
प्राप्त पछिल्लो मत गणना अनुसार यो क्षेत्रमा कांग्रेसका उदय शमशेर राणाले ९ हजार ७९७ मतसहित अग्रस्थान कायम गर्दा एमालेका उम्मेदवार नवराज सिलवाल ९ हजार ६२० मत प्राप्त गरेका छन् । राणा र सिलवालको मतान्तर जम्मा १७७ मात्र छ । घन्टी निर्वाचन चिह्नका सचिन घिमिरेले १३८६ मतसहित तेस्रो स्थानमा छन् ।