सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

फ्राइडे रिलिज : ‘ह्यापी न्यू इयर’ भिड्दै ‘मन त परदेशी’

शुक्रबार, १४ पुस २०७४, १३ : १४
शुक्रबार, १४ पुस २०७४

काठमाडौं । आज शुक्रबारबाट दुई नयाँ नेपाली चलचित्र प्रदर्शनमा आए । चलचित्र हुन् ‘ह्यापी न्यू इयर’ र ‘मन त परदेशी’ । यी दुबै चलचित्र फ्राइडे रिलिज अन्तर्गत प्रदर्शनमा उत्रिएका हुन् । देशभरबाट प्रदर्शनमा आएका यी दुबैका निर्माता आफ्नो चलचित्रको ब्यवसाय राम्रो हुने दाबी गर्दछन् । 

‘ह्यापी न्यू इयर’ 
अष्ट्रेलियामा निर्माण गरिएको यो चलचित्र देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन् । कुशल थापा, पुकार गौतम र सन्ध्या केसीको मुख्य भूमिका चलचित्रमा देख्न सकिन्छ । युवा पुस्तालाई लक्षित गरी तयार गरिएको यस चलचित्रको सम्पूर्ण छायाँकन अष्ट्रेलियामा गरिएको हो । चलचित्र त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको निर्देशक श्रेष्ठले बताए ।
अष्टे«लियाको मनोरम दृश्य समेटिएको यस चलचित्रको कथावस्तु समेत उत्कृष्ट रहेकोले नेपाली दर्शकले निकै मन पराउनेमा आशावादी रहेको उनले बताए । निर्माता समेत रहेका नायक कुशल थापाले आफुले निकै मिहिनेत गरेको बताउँदै चलचित्र ह्यापी न्यु इयरमा काम गर्दाका सबै क्षण स्मरणीय रहेको सुनाए ।

‘मन त परदेशी’ 
यो चलचित्र बैदेशिक रोजगारमा गएका नेपालीले खाडी मुलुकमा भोग्नु परेको समस्या माथि बनेको छ । देव नेपालको निर्देशन रहेको चलचित्रमा किशोर खतिवडा, दिपेशराज पाण्डे, समिता गिरी, विक्रम क्षत्री, रेनु शर्मा, रमिला आचार्य, राम बुढाथोकी लगायतको अभिनय रहेको छ । नेपाली कामदारको समस्यालाई बास्तविक रुपमा उतार्न चलचित्र नेपाल सहित कतारमा समेत छायाँकन गरिएको निर्देशक नेपाल बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप