बाँके-१ मा माओवादीका गहतराज भन्दा एमालेका ढकाल १ हजार मतले अगाडि
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०९ : ५४
सत्ता गठबन्धनका माओवादी केन्द्रका महेश्वरजंग गहतराज भन्दा एमालेका सूर्यप्रसाद ढकाल १ हजार १६ मतले अग्रता लिएका छन् ।
कुल १२ हजार ७५४ मत गणना हुँदा ढकालले ४ हजार २८८ मत ल्याएका छन् भने गहतराजले ३ हजार २७२ मत ल्याएका छन् । संघीय सरकारका खेलकुद मन्त्री गहतराज सुरुवाति चरणबाटै दोस्रोमा पर्दै आएका छन् ।
जसपाका रामकुमार यादवले १ हजार ७३७ मत, नागरिक उन्मुक्ति पार्टीका सुरशकुमार चौधरीले १ हजार ३२६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्दबाबु काफ्ले २४२ मत ल्याएका छन् ।