आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यी हुन् अग्रता लिएका एमालेका ३८ उम्मेदवार

मङ्गलबार, ०६ मङ्सिर २०७९, ११ : ०१
मङ्गलबार, ०६ मङ्सिर २०७९

मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको नतिजा आउने क्रम जारी छ ।  प्रतिनिधि सभाका १६५ मध्ये १४३ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको नेकपा एमालेले हालसम्मको मत गणनामा एक निर्वाचन क्षेत्रमा जित निकालेको छ । 

ललितपुर २ मा एमाले उम्मेदवार प्रेमबहादुर महर्जन विजयी हुँदा ३८ स्थानमा अन्य उम्मेदवारले अग्रता लिएका छन् । ललितपुर २ मा महर्जन १५ हजार २५ मतसहित विजयी बनेका हुन् । उनका निकटतम प्रतिस्पर्धी सुदिन शाक्यले ८८८६ मत प्राप्त गरेका थिए । 

मतगण्नामा अग्रता लिएका एमाले उम्मेदवारहरुमा पाँचथर १ मा पुर्व मन्त्री समेत रहेका वसन्तकुमार नेम्वाङ, सिन्धुपाल्चोकमा सरेश नेपाल, इलाममा महेश बस्नेत, सर्लाही ३ मा हरिप्रसाद उप्रेती रहेका छन् । नेम्वाङका निकटतम प्रतिस्पर्धी कांग्रेसका भीष्मराज आङदेम्बे, नेपालका माधव सापकोटा, बस्नेतका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल र उप्रेतीसँग माओवादी केन्द्रका नरेन्द्र साह कलवार छन् ।

यसैगरी सिराहा ३ मा लिलानाथ श्रेष्ठले अग्रता लिएका छन् । यहाँ माओवादी केन्द्रका विश्वनाथ साह श्रेष्ठसँग प्रतिसपर्धा गरिरहेका छन् । त्यस्तै सिन्धुलीमा एमालेका प्रदिपकुमार कटुवाल क्षेत्रीले अग्रता बनाएका छन् । उनका निकटतम प्रतिस्पर्धीका रुपमा कांग्रेसका श्याम कुमार घिमिरे रहेका छन् ।  त्यस्तै बैतडीमा दामोदर भण्डारी, मकवानपुरमा महेश बर्तौला,बाँके १ सूर्यप्रसाद ढकाल, गुल्मी २ मा गोकर्ण विष्ट, कञ्चनपुर १ मा तारा लामा तामाङ, चितवन २ मा कृष्णभक्त पोखरेल, पाल्पा २ मा ठाकुर गैरेले अग्रता लिएका छन् । 

त्यस्तै झापा ४ मा लालप्रसाद साँवा लिम्बु, नुवाकोट १ मा बद्री मैनाली, धनुषा २ मा उमाशंकर अरगरिया, अर्घाखाँचीमा टोपबहादुर रायमाझी रुपन्देही १ मा छविलाल विश्वकर्मा, धनुषा ३ मा जुलीकुमारी महतो, वारा १ मा अच्युत प्रसाद मैनाली, उदयपुर २ मा अम्वर बहादुर रायमाझीले अग्रता लिएका छन् । त्यस्तै बारा ३ मा ज्वालाकुमारी साह, धनकुटामा राजेन्द्र कुमार राई, मोरङ १ मा घनश्याम खतिवडा, दैलेख १ मा रविन्द्रराज शर्मा, मोरङ २ मा ऋषिकेश पोखरेल, कपिलवस्तु १ मा बलराम अधिकारीले अग्रता लिएका छन् । 

पर्सा ३ मा राजकुमार गुप्ता, सिराहा १ मा रामशंकर यादव, कैलाली ४ मा लेखराज भट्ट, झापा ५ मा केपी शर्मा ओली लमजुङमा पृथ्वी सुव्वा गुरुङले अग्रता लिएका छन् । 

एमाले उम्मेदवारले अग्रता लिएका धेरै स्थानमा कांग्रेसका उम्मेदवार प्रतिस्पर्धामा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप