रुपन्देही– १ मा एमालेका छविलालको अग्रता
मङ्गलबार, ०६ मङ्सिर २०७९, ११ : ५१
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ अन्तरगत रुपन्देही क्षेत्र नं. १ को मतगणना जारी छ ।
रुपन्देहीको देवदह बहुमुखी क्याम्पसमा भइरहेको मतगणनामा १० हजार ३४३ गणना भएको छ । जसमा सबैभन्दा धेरै नेकपा एमालेका छविलाल विश्वकर्माले २ हजार ३३८ मतसहित अग्रता कायम गरेका छन् । त्यस्तै स्वतन्त्र घनश्याम भुसालले १ हजार ८०२ मत प्राप्त गरेका छन् ।
जनमत पार्टीले १ हजार २२६ र नागरिक उन्मुक्ति पार्टीले १ हजार ८७३ मत प्राप्त गरेका छन् ।