लमजुङमा पृथ्वी सुब्बा गुरुङको अग्रता कायमै, देव गुरुङ पछिपछि
मङ्गलबार, ०६ मङ्सिर २०७९, ११ : ५८
लमजुङमा एमालेका उम्मेदवार पृथ्वी सुब्बा गुरुङले अग्रता कायमै राखेका छन् ।
२० हजार ९०५ मतगणना हुँदा पृथ्वीले १० हजार ३३२ मत पाउँदा माओवादी केन्द्रका उम्मेदवार देव गुरुङले ८ हजार ५६७ मत पाएका छन् ।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म राज केसीले ९१० मत प्राप्त गरेका छन् ।