काठमाडौं ९ मा एमालेको अग्रता कायमै
मङ्गलबार, ०६ मङ्सिर २०७९, १२ : ३८
काठमाडौं क्षेत्र न ९ मा एमालेका उम्मेदवार कृष्ण गोपाल श्रेष्ठले १० हजार ९४९ मतका साथ आफ्नो अग्रता कायमै राखेका छन् ।
उनलाई स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ९ हजार ७५८ का साथ पछ्याएका छन् । गठबन्धन उम्मेदवार नेकपा माओवादी केन्द्रकी कल्पना धमलाले भने ५ हजार ८५२ मत प्राप्त गरेकी छन् ।