राप्रपाले खोल्यो पहिलो खाता : काठमाडौं क्षेत्र नं. २ प्रदेश ‘क’मा सुनील केसी विजयी
मङ्गलबार, ०६ मङ्सिर २०७९, १३ : ०५
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सभा विजयको सुरुवात गरेको छ काठमाठौं क्षेत्र नं. २ प्रदेश ‘क’मा राप्रपाका सुनील केसी विजयी भएका छन् ।
उनले ६ हजार ५९८ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सानुकुमार श्रेष्ठले ५ हजार ७९ मत पाएका छन् । केसीले १ हजार ५१९ मत अन्तरले जित निकालेका हुन् ।