आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कमल थापाको ‘एक्सन’पछि दिलनाथको यस्तो आयो ‘रियाक्सन’

शुक्रबार, १४ पुस २०७४, १५ : ३०
शुक्रबार, १४ पुस २०७४

काठमाडौँ । हिजोको मन्त्रिपरिषद बैठकमा सचिवहरुले सहयोग नगरेको भनेर अधिकांश मन्त्रीको गुनासो आयो । यसैक्रममा सचिव फेर्ने विषयले समेत महत्व पाएपछि मुख्य सचिवले सहयोग नगर्ने सचिवलाई तत्काल सरुवा गर्ने वचन दिए । यतिकैमा सहरी विकास मन्त्री दिलनाथ गिरीले आफ्नो मन्त्रालयमा पनि केही समस्या आएको भन्दै अर्का सहरी विकासमा विज्ञता हासिल गरेका एक सचिव ल्याउन सिफासि गरे । 

तर, गिरीको यो प्रस्तावमा उनकै पार्टीका नेता तथा उपप्रधानमन्त्री समेत रहेका कमल थापाले आफुसँग सल्लाह नै नगरी सचिव फेर्ने तपाइ कोहो ? भन्दै गिरीलाई हप्काए । 

हिजोको विवादपछि राप्रपाका अध्यक्ष समेत रहेका थापाले अज गिरीलाई कारवाही गर्दै उनको राजीनामा गर्न प्रधानमन्त्रीलाई सिफासिर गरे । यो प्रकरणपछि हामीले गिरीसँग विवाद र राजीनामाबारे प्रश्न गरेको थियौं ।
 
यस्तो भन्छन् दिलनाथ गिरी 
 

राजीनामाबारे मलाई केही जानकारी छैन । यदि हो भने कमल थापाको निरंकुशताको पराकाष्टा हो । यो वास्तवममा ठूलो कुरा थिएन । हिजोको क्याविनेटमा अधिकांश मन्त्रीज्युहरुले मन्त्रालयका सचिवहरुले सहयोग गरेनन् । मुख्यसचिवको निर्देशनमा यस्तो काम भएको छ भन्ने अधिकांश मन्त्रीहरुले राख्नुभयो । 

त्यसको जवाफ दिने क्रममा मुख्यसचिवले यो गलत हो मैले भनेको होइन, भन्न पनि मिल्दैन भन्नुभयो । मन्त्रालय भनेको मन्त्री नै सर्वैसर्वा हो । त्यसरी मन्त्रीलाई असहयोग गर्ने सचिव भए र तपाईहरु भन्नुहुन्छ भने म हटाइदिन्छु भन्नुभयो । यो गलत नपरोस्, म सरकारप्रति प्रतिवद्ध छु भनेर क्लियरेन्स दिए । 

त्यसपछाडि मैले सहरी विकास मन्त्रालय पनि अछुतो रहन सकेन । हामीकहाँ पनि केही असहयोगका गतिविधि त छन् । यसैलाई आधार बनाएर सचिव परिवर्तन गर्ने हो भने सहरी विकास मन्त्रालयका सचिवको अवधि पनि सकिएको छ । यस्तो अवस्थामा अरु कुनै सचिव ल्याउने हो भने रमेश प्रसाद सिंह भनेको शहरी विकासको विषयमा पिएचडी गरेको मान्छे हुनुहुन्छ । त्यस्तो व्यक्ति ल्याए राम्रो हुन्छ भनेर मैले कुरा राखे । यो कुरापछि कमल थापाले मसँग सल्लाह नगरी यो कुरा किन ल्याउनु भयो ? यदि सचिवसँग मिलेर काम गर्न नसक्ने हो भने राजीनामा ल्याउनुस् .............. भने  । 

यदि त्यसो हो भने म त अहिले नै राजीनामा दिन्छु । तर, मैले त राजीनामा दिएर समस्या समाधान हुदैन होला, तपाइलाई चाहि यो कुर्सिमा बस्ने जनादेश छ भनेर प्रश्न गरे ।

उहाँकाविरुद्ध कसैले बोल्यो भने कारवाही गरिहाल्ने, पार्टीबाट निकाल्ने संस्कृति छ । 

यो श्री ३ महाराज राणाको पालामा पनि थिएन । उहाँले पार्टीबाट पद्मसुन्दर लावतीलाई निकाल्नुभयो, डा प्रकाशचन्द्र लोहनीलाई निकाल्नुभयो, पशुपति सम्शेर राणालाई निकाल्नुभयो, केशरबहादुर विष्टलाई निकाल्नुभयो यो उहाँको प्रवृति नै हो । सबैलाई निकाल्दै पार्टीमा अब उहाँको परिवारमात्रै रहने स्थिति छ । 

यो मान्छेलाई राम्रो मान्छे, नेतृत्व गर्न सक्ने भन्ने मानेर साथ दिएको हो । ४८ वर्ष भयो । ४८ बर्षमा कमल थापालाई व्यक्तिगत लाभ दिनेको मात्रै प्राथमिकतामा पर्ने भएकाले उनले कुनैपनि कार्यकर्ताको संरक्षण गर्दैनन् । यो लोभी मानसिकता हो ।

म जहिल्यै पनि लोकतन्त्रको मुल्य र मन्यतामा प्रतिबद्ध रहेको कार्यकर्ता हुँ । लोकतन्त्रलाई बलियो बनाउन भुमिका रहिरहन्छ । हामीले उठाएका मुद्दा जो छन् कमल थापाको अकमन्यताका कारण्ले भवित्व्यमा पार्टी पुगेको छ । यसलाई अब ढंगबाट अगाडि बढाउने सोच र चाहाना अनुसार सल्लाह गरेर अघि बढ्छु । 

अब यो पार्टी नै रहेन, पार्टीमा त छलफल हुन्छ, बिचार हुन्छ । परामर्श हुन्छ । 

मैले त आधुनिक कमल थापालाई अहिलेसम्म चिनेको रहेनछु । मैले त विचार, दृष्टिकोण, सिद्धान्त बोकेको बलियो नेता सोचेको थिए तर, पार्टीलाई यसरी धराप पार्नुहोला, यसरी लोभि र पापी सोच बोक्नुहोला, मुलुकलाई यसरी धरपमा पार्नुहोला र साथिहरुलाई कत्लेआम गर्नुहोला भन्ने सोचेको थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप