मतान्तर बढाउँदै माधव नेपाल
बुधबार, ०७ मङ्सिर २०७९, ०६ : ३१
पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल मतान्तर बढाउँदै लगेका छन् ।
सुरुवाती चरणमा झिनो मतको अन्तरले देखिए पनि अहिले नेता नेपालले ४ हजार बढी मतले अग्रता लिएका छन । गृह नगर जिल्ला रौतहट क्षेत्र १ मा सत्ता गठबन्धन बाट प्रतिनिधिसभाका उम्मेदवार नेपालले मतगणनाको पछिल्लो परिणाम अनुसार १७ हजार ४६५ मत प्राप्त गरेका छन ।
उनका निकटतम प्रतिद्वन्दी एमाले र जसपा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यमा एमालेका उमेदवार अजयकुमार गुप्ताले १३ हजार २३९ मत प्राप्त गरि दोस्रो स्थानमा रहेका छन । रौतहट क्षेत्र १ को मतगणना जिल्ला सदरमुकाम गौर स्थित जुद्व माविको भवनमा जारी रहेको छ।